होमपेज / राजनीति
विराटनगर। सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हाल्ने भएका छन्। पुनः कार्यभार सम्हाल्न विराटनगर पुगेका कार्कीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमाले र कांग्रेस मिलेर सरकार बनाउनु पर्नेमा जोड दिए। उनले आगामी १७ गते पूर्ण सरकार बन्ने बताए।
सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेपछि कार्की मुख्यमन्त्रीबाट बाहिरिएका थिए।
तर, सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्ति असंवैधानिक भन्दै नियुक्ति बदर गरेपछि अर्को सरकार गठन नभएसम्मका लागि कार्की काम चलाउ सरकारको मुख्यमन्त्रीका रूपमा पुनर्वहाली भएका हुन्। कार्कीसँगै उनको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुले तत्त्तत् मन्त्रालयमा कार्यभार सम्हाल्नेछन्।