ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एस तनहुँका अध्यक्ष सहित दुइ दर्जन एमालेमा फर्किए

नेपालगाथा २०८० श्रावण ५ गते शुक्रबार २१:१२:४० मा प्रकाशित

काठमाडाैं । नेकपा एकीकृत समाजवादी तनहुँ अध्यक्ष श्रीराम कार्की सहित २० जनाभन्दा बढी नेकपा एमाले फर्किएका छन् । नेकपा एमाले तनहुँले शुक्रबार आयोजना गरेको पार्टी समाहित कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव गोकर्ण विष्टलगायतले स्वागत गरे । 

कांग्रेसले गठबन्धनबाट टिकट पाउने भएपछि एकीकृत समाजवादी तनहुँका नेताहरू तनहुँ १ को प्रतिनिधिसभा उपनिर्वाचनअघि नै एमाले फर्किएर टिकट लिने र लड्ने योजनामा थिए । चैत दोस्रो हप्ता एकीकृत समाजवादी तनहुँका नेता र एमाले उपमहासचिव पृथ्वीसुब्बाबीच भेटघाट भए पनि त्यतिबेला प्रवेश गरेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top