ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा (एमाले) विरूद्धकाे भ्रामक सूचनाको घेरावन्दी तोड्नुस् एमालेलाइ कसैले जित्न सक्दैन - उपमहासचिव ज्ञवाली

नेपालगाथा २०८० असार २८ गते बिहीबार २२:२३:४४ मा प्रकाशित

सुर्खेत । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चार माध्यममा हुने भ्रामक सूचनाको घेरावन्दी मात्र नियन्त्रण गर्ने हो भने  नेकपा (एमाले)लाई कसैले पराजित गर्न नसक्ने बताउनुभएकाे छ । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागले सुर्खेतमा आयोजना गरेको योजना तर्जुमा विस्तारित बैठकमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो ।

मिस इन्फर्मेशन र डिस इन्फर्मेशनले नेपाली समाज निकै आक्रान्त बनेकाे बताउँदै उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘मिस इन्फर्मेशन र डिस इन्फर्मेशनको घेरावन्दी चलिरहेको छ, यसलाई तोड्न जरुरी छ, मिस इन्फर्मेशन र डिस इन्फर्मेशनको घेरावन्दीलाई तोडेर नेपाली समाजलाई सही दिशामा लैजानुपर्छ ।’

ज्ञवालीले अहिले एमाले सहितको नाम जोडेर सबै पुराना पार्टी असफल भएकाे भन्दै नेपाली समाजलाई नै बिघटनको दिशातिर लैजाने गरी प्रचार भइरहेको भन्दै त्यसलाइ चिर्न सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयाे । उहाँले मुलुकलाई सही दिशातर्फ अघि बढाउन भ्रामक सूचनाको घेरावन्दी तोड्नुपर्नेमा जाेड दिनुभयो ।

उपमहासचिव ज्ञवालीले एमाले कमजोर हुँदा मुलुकको राष्ट्रिय स्वाभिमान कमजोर बन्ने गरेको र समृद्धि रोकिएको तथ्यलाई आम नागरिकसम्म पुर्याएर बुझाउनु पर्ने बताउनुभयो । ज्ञवालीले मुलुक बलियो र समृद्ध बनाउने काम एमाले  बाहेक अन्य शक्तिबाट नहुने ठोकुवा पनि गर्नुभयो ।

बैठकमा एमाले सचिव तथा कर्णाली इञ्चार्ज लेखराज भट्टले पार्टीले सत्तामा हुँदा वा बाहिर रहँदा पनि राष्ट्रियताका नाममा गरेका कामका बारेमा पार्टी कमिटीलाई आन्तरिक रुपमा तल्लो तहसम्म जानकारी गराउनु अबको प्रचार तथा प्रकाशन विभागको दायित्वमा पर्ने जानकारी दिनुभयो ।

पार्टीलाई रक्षा कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण कुरा भएको उल्लेख गर्नुभएका कर्णाली इन्चार्ज भट्टले पार्टीको रक्षाका निमित्त प्रतिआक्रमण गर्न जरुरी रहेको उल्लेख गर्दै भन्नुभयो, ‘कर्णालीको कार्ययोजना त बनायौं तर यसलाई कसरी कार्यान्वयन गर्ने ? यसको स्रोत साधन के हो ? त्यसको एकिन गर्नुपर्छ  ।’

स्थायी कमिटी सदस्य केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले प्रचारको काममा आम्दानीको  खर्च नगर्ने तर परिणाम शतप्रतिशत खोज्ने प्रवृतीका कारण नेकपा (एमाले) माथि ठूलो हमला भएको बताउनु भएको छ ।

नेकपा (एमाले) कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागको बिस्तारित बैठकलाई संवोधन गर्दै प्रचार प्रमुख गौतमले आफ्नो आम्दानीको केही अंश प्रचारमा हरेक नेता र कार्यकर्ताले खर्च गरेर प्रचारको कामलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

हाम्रोमा प्रचार कार्यलाई एक पैशो खर्च नगर्ने तर परिणाम मात्रै खोज्ने प्रवृतीकै कारण एमाले पार्टी र एमालेका नेताहरुप्रति चौतर्फी आक्रमण भैरहेको छ’ गौतमले भने, सूचना प्रविधिको यूग अनुसारका प्रचारका काम गर्नका लागिअ ब हरेक नेता र कार्यकर्ता देखि जननिर्वाचित पदाधिकारीले कञ्जुस्याई गर्नु हुदैन ।

स्थायी कमिटी सदस्य यमलाल कँडेल, गोरख बोगटी, कर्णालीमा प्रचारको संयोजक केन्द्रीय सदस्य निरज आचार्य, एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष बिनोद शाह, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलगायतले बिषयगत रुपमा प्रशिक्षणा दिनुभएको थियो भने एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा विस्तारित बैठकमा केन्द्रीय कमिटीका समन्वयकर्ता निरज आचार्यले कर्णालीप्रदेश प्रचारको कार्य योजना, केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले समग्र पार्टी प्रचारका विषय, एमाले कर्णालीप्रदेश प्रचार तथा प्रकाशन विभागका उपप्रमुख नवराज महताराले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशमा प्रेस चौतारीका विषयमा र विभागका सदस्य तेजप्रकाश जिसीले पार्टीको एप÷वेबसाइट÷ईमेल÷सूचना, समाचार, सञ्जाल र गतिविधिका टुल्स र प्रयोगबारे प्रस्तुतीकरण गर्नु भएको थियो ।

एमाले कर्णाली प्रचार बिभागका प्रमुख सूर्यमणि गौतमको अध्यक्षमा बसेको बैठकको सञ्चालन उपप्रमुख नवराज महताराले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top