होमपेज / राजनीति
काठमाडाैं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।
सीता दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा उनका श्रीमान् प्रचण्डले दागबत्ती दिए । प्रचण्डसँगै उनका दुई छोरी रेणु र गंगाले पनि दागबत्ती दिएका हुन् ।
सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो। उनको शवलाई नेपालको राष्ट्रिय झन्डा ओढाइएको थियो।
यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।
यसअघि सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडाबाटै अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।
आज बिहान ८:३३ बजे थापालथीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो ।