ट्रेण्डिङ

होमपेज / राजनीति

गठबन्धनको सिद्धान्त ‘मिलिजुली बसौँ, बाँढीचुढी खाऔँ’ - उपमहासचिव ज्ञवाली

नेपालगाथा २०८० असार २७ गते बुधबार १५:४३:१७ मा प्रकाशित

सुर्खेत । नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान गठबन्धन सरकारकाे सिद्धान्त भनेकाे ‘मिलिजुली बसौँ, बाँढीचुढी खाऔँ’ भन्ने रहेको बताएका छन् । बुधबार नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षक-प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले सरकारमा भएका कुनै पनि पार्टीको विचार र सिद्धान्त के हो भन्ने कुरा प्रष्ट नभएको बताए ।

उनले भने, ‘पार्टीलाई नयाँ पुराना भन्ने हैन, विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।’ ‘सातै प्रदेशका स्कुल विभागहरू सञ्चालन गर्ने, ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरू सञ्चालन गर्ने बताउँदै उपमहासचिव ज्ञवालीले त्यसका लागि पार्टीको स्कुलिङ र जनपरिचालनका लागि सात जना केन्द्रीय कमिटीहरू खटिएकाे जानकारी दिनुभयाे। साथै ज्ञवालीले विज्ञान प्रविधिले फड्को मारिरहेको अवस्थामा पार्टीलाई सोहीअनुसार अघि बढाइनुपर्नेमा समेत जाेड दिनुभयाे ।

नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको १०औँ महाधिवेशनले लिएको नीति अनुसार पार्टीले गति लिन नसकेको बताउँदै पार्टीको अवस्था राम्रो हुँदा–हुँदै पनि नतिजा सोचे जस्तो नआएको उनको भनाइ थियो । 

एमालेका केन्द्रीय सदस्य तथा स्कुल विभाग कर्णाली संयोजक विष्णु रिजालले टिकटक हेरेर विचार बनाइए त्यो सबै सत्य नहुने तर्क गरे । 

कर्णाली प्रदेशस्तरीय प्रशिक्षक-प्रशिक्षण कार्यक्रमम असार २७ गतेदेखि असार ३१ गते पाँच दिनसम्म चल्ने छ। कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका करिब ५० भन्दा बढीकाे सहभागिता रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top