ट्रेण्डिङ

होमपेज / राजनीति

राप्रपाले सबै नेतालाई भूगोलमा पठाउने

नेपालगाथा २०८० असार १२ गते मंगलबार ११:२०:३४ मा प्रकाशित

काठमाडाैं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गर्दै ७५३ वटै स्थानीय तहमा खटाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश संयोजकको व्यवस्था गर्नुका साथै सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताको जिम्मेवारीलाई ६ महिनाको समयसीमा निर्धारण गरेको जनाएकाे छ ।

गत जेठमा सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयलाई पारित गरेको बैठकले भूगोलमा जाने नेताहरूले वडा तहबाटै संगठन गठन, पुनर्गठन लगायत तोकिएका कामहरू सम्पन्न गर्नुपर्ने जिम्मेवारी प्रदान गरेको छ ।

आइतवारदेखि शुृरू भएको बैठकमा छलफल नसकिएपछि सोमबारसम्म सञ्चालन भएको बैठकमा ‘राप्रपाः अब नवीन राप्रपा’ सम्बन्धी कार्ययोजनालाई थप व्याख्या तथा विस्तृत कार्यक्रमको रूपमा लागू गर्नका लागि आवश्यक छलफल गरिएको थियो ।

पार्टीलाई गतिशील बनाउन सो कार्ययोजना ल्याइएको बैठकमा बजेट अधिवेशन, पार्टीको संगठन सुदृढीकरण, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीतिक परिस्थिति लगायत विषयमा पनि थप छलफल गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top