ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले मूलधारको कम्युनिष्ट - लेखराज भट्ट

नेपालगाथा २०८० असार ५ गते मंगलबार १४:१७:१४ मा प्रकाशित

सुर्खेत । नेकपा एमालेका सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले  नेकपा एमाले मूलधारको कम्युनिष्ट भएको बताएका छन् ।

सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सचिव लेखराज भट्टले अस्तित्व जाेगाउन समाजवादी मोर्चा बनेको र कुनै दिन एमालेसँग एकीकरण हुने दाबी समेत गरे ।

उनले भने, ‘समाजवादी मोर्चा कुनै दिन एमालेसँग एकीकरण गरेर एमालेमा नै विलय हुनेमा म विश्वस्त छु ।’

‘सरकारले ल्याएको बजेट पास गर्ने विषयमा गठबन्धनका दलहरू नै अन्योलमा रहेकाे बताउँदै सचिव भट्टले बजेट वितरणमुखी भएकाे र सुधारका कार्यक्रम केही नभएकाे आराेप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top