ट्रेण्डिङ

होमपेज / राजनीति

मुलुककाे राजनीतिले नेकपा एमालेबिना नयाँ दिशा लिन सक्दैन : राजेन्द्र गौतम

नेपालगाथा २०८० जेठ २९ गते सोमबार २१:४५:१३ मा प्रकाशित

काठमाडौं। नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका नवनियुक्त प्रमुख राजेन्द्र गौतमले एमालेबिना मुलुकको राजनीतिले नयाँ दिशा लिन नसक्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज विभाग प्रमुखको पदबहाली गर्दै गाैतमले एमालेबिना मुलुकको राजनीति अघि बढ्न नसक्ने बताएका हुन् । उनले सञ्चार माध्यममा समसामयिक विषय प्रस्तुत गर्दा नेकपा एमालेको धारणा पनि समेटेर सम्प्रेषण गरिदिन सम्पूर्ण सञ्चार माध्यमलाई आग्रह समेत गरेका छन् ।

सञ्चारमाध्यमसँगको एक्सिसका हिसाबले एमाले सञ्चारमाध्यमहरूकै बीचमा रहेको बताउँदै उनले वैचारिक हिसाबले तलमाथि भए पनि सूचना सम्प्रेषण गर्ने कुरामा एङ्गल फरक भए पनि तथ्यलाई सही ढङ्गले समावेश गरिदिन समेत उनले आग्रह गरेका छन् ।

‘हाम्रो पार्टीले पूर्ण स्वतन्त्रतासहितको लोकतन्त्रलाई विकास गर्ने कुरामा विशेष जोड दिएको बताउँदै उनले आफूले यो जिम्मेवारी लिइरहँदा जिम्मेवारी र उत्तरदायित्वसहितको विश्वसनीयता र तटस्थतासहितको हाम्रो भूमिका र हाम्रो पार्टीका निर्णयहरू र हाम्रा ओपिनियनहरूले ठाउँ पाउनेमा आशावादी भएकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top