ट्रेण्डिङ

होमपेज / राजनीति

कोशी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिने माओवादीको निर्णय

नेपालगाथा २०८० जेठ २३ गते मंगलबार १४:००:२९ मा प्रकाशित

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार विराटनगरमा बसेको पार्टीका प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई मंगलबार राजीनामा दिन निर्देशन दिँदै फिर्ता बोलाइएको छ । हाल कोशी प्रदेश सरकारमा माओवादीबाट दुर्गा चापागाईं र जीवन आचार्य मन्त्री छन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top