होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले संसदमा बोलेको ‘भैँसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् । रास्वपा सांसद खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘भारत भ्रमणबाट फर्किँदा पोखरा एयरपोर्टमा उत्रिनु हुन्छ होला भन्ने अपेक्षा थियो, तर भैँसी चढेर आउनुभएछ’ भन्दै व्यंग्य गरेका थिए ।
खनालको अभिव्यक्तिप्रति सत्तासीन दल माओवादी केन्द्रका सांसद हितराज पाण्डेलगायतले विरोध जनाएका थिए । सत्तापक्षको विरोधपछि सभामुख घिमिरेले उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।