होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षीले गरेको अवरोध हटाउन सभामुख देवराज घिमिरेले पहल थालेका छन्। सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेसँगै बैठक अगावै संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकसँग छलफलमा जुटेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्ति दिएको ठहर गर्दै आइतबार प्रतिपक्ष दलले संसद अवरुद्ध गरेका थिए।
सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका थिए।