ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले सचिवालय बैठक जारी

नेपालगाथा २०८० जेठ १९ गते शुक्रबार १२:५१:२४ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक चलिरहेकाे छ । पार्टी मुख्यालय च्यासलमा बसेको बैठकमा वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइनुको साथै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी भईरहेकाे एक नेताले बताएका छन् ।

गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो । एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top