ट्रेण्डिङ

होमपेज / राजनीति

अनेरास्ववियु हुम्लाद्वारा नागरिकता विधेयक प्रमाणीकरणको विरोध

नेपालगाथा २०८० जेठ १८ गते बिहीबार १३:५१:३२ मा प्रकाशित

सिमकाेट। नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु हुम्लाले विरोध जनाएको छ । बुधवार हुम्लाकाे सदरमुकाम सिमकाेट माथिल्लो बजारमा राँके जुलुससहितको र्‍नागरिकता विधेयक खारेज गर्न माग गर्दै विराेध  जनाएकाे अनेरास्ववियु हुम्लाका संयोजक अर्जुन शाहीले जानकारी दिए ।

राष्ट्रको हित विपरीतको नागरिकता विधेयक अघि सारेको र प्रमाणीकरण गरेको भन्दै उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पुत्ला जलाएका हुन् । विरोध प्रदर्शनका क्रममा उनीहरुले देश बेच्न पाईदैन, नागरिकता विधेयक खारेज गर, विदेशी दलालहरु होसियार, राष्ट्रपति राजीनामा दे लगायतका नाराबाजी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top