ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेले प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्दै

नेपालगाथा २०८० जेठ १६ गते मंगलबार १२:१६:४० मा प्रकाशित

काठमाडौं । नेकपा एमाले सम्पर्क समन्वय कमिटीले दिउँसो पौने २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बाेलाएकाे छ । उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण र राष्ट्रिय सरोकारका विषयमा विज्ञसँग छलफल गर्न लागेको हो ।

छलफलमा एमालेका महासचिव शंकर पोखरेल, परराष्ट्रविज्ञ हिरण्यलाल श्रेष्ठ र सूर्यनाथ उपाध्याय र परराष्ट्र तथा जलस्रोतविज्ञ एवं सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठ सहभागी हुने सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेतले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड मङ्गलबार चारदिने भारत भ्रमणमा जादैँ छन् ।

उनी भ्रमण सकेर २० जेठमा स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top