होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरुबाटै खतरामा रहेको बताएका छन्। राजनीतिक दलका शैली र क्रियाकलाप ठिक नभएकाले गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भएको कोइरालाको भनाइ थियो ।
उनले भने, ' राजाका गतिविधि हुने बित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौं तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरुबाटै छ।'
नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं. १ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस पार्टीका बारेमा नकारात्मक कुरा गरेर संगठन कमजोर बनाउने काम नगर्न कार्यकर्ताले निर्देशन दिए।