होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभामा संसदीय सुनुवाइ समिति गठन भएकाे छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रस्ताव गरिएका समिति सदस्यहरूको नाम बहुमतले पारित भएकाे सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् ।
उक्त समितिकाे सदस्यमा ईश्वरी घर्ती, जीवन परियार, महेशकुमार बर्तौला, ईश्वरीदेवी न्यौपाने, पदम गिरी, रमेश लेखक,लिलानाथ श्रेष्ठ , ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा, डोलप्रसाद अर्याल, पशुपतिशमशेर जबरा र प्रकाश अधिकारी रहेका छन् ।