ट्रेण्डिङ

होमपेज / राजनीति

उच्चस्तरीय जलन अस्पताल बनाऔं र पाठ्यक्रममा यो विषय समेटौं- चन्द्रकान्त भण्डारी

नेपालगाथा २०८० जेठ १० गते बुधबार १५:०२:०३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्रकान्त भण्डारीले उच्चस्तरीय जलन अस्पताल बनाउन सरकारसँग प्रस्ताव गरेका छन्। खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका उनी उपचारपछि पहिलो पटक संसद्मा बोल्दै जलनसम्बन्धी समस्या भएका मानिसहरूका लागि उच्चस्तरीय जलन अस्पताल बनाउन प्रस्ताव गरेका हुन्।

भण्डारीले भने, ‘उच्चस्तरीय जलन अस्पताल बनाउनुपर्छ। नेपालमा कम्पीटेन्ट चिकित्सकहरू हुनुहुन्छ। भवनको अभाव देखियो। यो केसमा धेरै गरिब मानिसहरू पर्दोरहेछ। यसमा धेरै ठूलो दर्द लुकेको छ।’ भण्डारीले जलनसम्बन्धी विषय पाठ्यक्रममा पनि समावेश गर्नुपर्ने बताए। भण्डारीले भने, 'गाउँ गाउँमा ग्यास, विजुली पुग्यो। तर, हामीले ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने भनेर पाठ्यक्रममा समेटिएन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top