होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले खेलाडीको सम्मान गर्न नसकेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै खेलाडीलाई प्रोत्साहन गर्न सरकार गम्भीर नभएको बताएका हुन् ।
शाहीले भने, ‘खेलाडी बलियो भयो भने देश बलियो हुन्छ । तर, बजेट पर्याप्त छैन । यसले गर्दा खेलाडीको मनोबल घटेको छ ।
सरकारी कर्मचारी, सांसद्लाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने व्यवस्था गर्नुपर्ने माग गरे। भ्रष्टाचारीलाई कारबाही गर्न सरकार गम्भीर हुनुपर्ने बताए । शाहीले भने, 'भ्रष्टाचार सामाजिक अपराध हो । भ्रष्टाचारीलाई कारबाही गरौं । यो रोकियो भने सडक र सदनबाट राप्रपाले आन्दोलन गर्छ ।’