ट्रेण्डिङ

होमपेज / राजनीति

भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट संघर्ष गर्छाै- ज्ञानेन्द्र शाही

नेपालगाथा २०८० जेठ १० गते बुधबार १२:३७:०३ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरि कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ती फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनको भनाइ छ । यदी भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट संघर्ष गर्ने भन्दै उनले सदन पनि चल्न नदिने चेतावनी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top