ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारको नीति तथा कार्यक्रमले सम्पदाहरुमा आँखा नै देखेन- सासंद डा. कार्की

नेपालगाथा २०८० जेठ ८ गते सोमबार १५:०७:०२ मा प्रकाशित

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरूमा आँखा नपरेको बताएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै डा. कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुरका कला, संस्कृति र सम्पदामा सरकारको आँखा नपुगेको बताएकी हुन् ।

उनले मन्दिरहरूलाई तत्कालै पुनर्निर्माण सम्पन्न हुने गरी आगामी आर्थिक वर्षमा बजेटमा रकम विनियोजन गर्न माग राखिन् । त्यसैगरी रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्व सम्पदा सूचीमा संलग्न गराउने विषय अगाडि बढाउन उनले माग राखिन् । 

‘कला, संस्कृति, सम्पदाका लागि चिनिने ललितपुरको सांस्कृतिक धरोहर राज्यको आँखा परेन छ । आँखा परोस् पनि कसरी ०७२ सालको भूकम्पपछि पुनर्निर्माणको काम सकियो भनेर पुनर्निर्माण प्राधिकरण समेत विघटन भइसक्यो । तर, बुङ्गमतीको रातो मच्छिन्द्रनाथ र खोकनाको रुद्रायणी मन्दिर भने पुनर्निर्माण कुर्दाकुर्दै जीर्ण भइसके,’ उनले भनिन्, ‘सरकारकै हाम्रो सम्पदा राम्रो सम्पदा पर्यटन गन्तव्य बिस्तार तथा पहिचान कार्यक्रम अन्तर्गत मन्दिरहरूलाई तत्कालै पुनर्निर्माण सम्पन्न हुने गरी आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरियोस् र रातो मच्छिन्द्रनाथ जात्रा, बाह्रवर्षे जात्रा, भोटो जात्रालाई तत्कालै विश्वसम्पदा सूचीमा संलग्न गराउने राष्ट्र गौरवको विषयलाई अगाडि बढाइयोस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top