ट्रेण्डिङ

होमपेज / राजनीति

मधेश प्रदेशसभाको बैठक २ बजे बस्दै

नेपालगाथा २०८० जेठ ४ गते बिहीबार १२:११:१४ मा प्रकाशित

धनुषा । मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जीतकुमार यादवले जानकारी दिए । 

बैठकअघि यही जेठ २ गते प्रदेशसभाको नवौँ बैठक बसेको थियो । राससबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top