ट्रेण्डिङ

होमपेज / राजनीति

नागरिक उन्मुक्ति पार्टीले बाेलायाे पदाधिकारी बैठक

नेपालगाथा २०८० जेठ ४ गते बिहीबार ११:०७:०० मा प्रकाशित

काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्ने भएकाे छ । दिउँसो १ बजे बैठक तय भएको र काठमाडौंमा उपलब्ध पदाधिकारीहरू उपस्थित हुने पार्टी महासचिव रतन थापाले जानकारी दिए।

टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्तिले आन्दोलन र नेपाल बन्दसम्मका कार्यक्रम अघि सारेको छ।  ‘आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न बैठक बस्न लागेकाे ,’ थापाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top