होमपेज / राजनीति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी डिल्लीबजार कारागार पुगेकी छन् । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी नै रहेको बेला बाहिरिएकी अध्यक्ष श्रेष्ठ पार्टीका संरक्षक समेत रहेका रेशम चौधरीसंग छलफलका लागि कारागार पुगेकी हुन् ।
सर्वोच्च अदालतले उच्च अदालतकै फैसला सदर गरेपछि रेशम चौधरीमाथिको कारबाही यथावत् राखेको थियो । सोही विषयमा छलफल गर्नका लागि चौधरीले डिल्लीबजारस्थित कारागारमा बोलाएको बैठकमा सहभागी हुन अध्यक्ष श्रेष्ठ गठबन्धनको बैठक चलिरहेकै बेला बाहिरिएकी हुन् ।
आजको गठबन्धनको बैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।