ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारलाई एमालेले माग्यो नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रगति विवरण

नेपालगाथा २०८० जेठ १ गते सोमबार १४:१५:०६ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सरकारसँग नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रगति विवरण माग गरेको छ। प्रतिनिधि सभामा बोल्दै सांसद् ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले प्रतिनिधि सभालाई जानकारी गराउनुपर्ने माग गरेका हुन्। 

गैरेले भने, 'यो जघन्य अपराधको विषय हो। सार्वभौम संसदमा जानकारी गराउने कार्यसूची किन राखिएन ? संसद् चलिरहेको छ। दोषीलाई कारबाही गर्न माग गर्छौं।’  निष्पक्ष छानविन हुन्छ भन्नेमा जनतालाई विश्वास नभएको समेत गैरेले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top