ट्रेण्डिङ

होमपेज / राजनीति

अग्निप्रसाद सापकोटा नेतृत्वमा माओवादी केन्द्रका नेताहरु चीन जाँदै

नेपालगाथा २०८० जेठ १ गते सोमबार १२:२४:२१ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु उत्तरी छिमेकी देश चीनको भ्रणमा जाने भएका छन् । अनुभव आदान-प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन जान लागेको हो ।

आगामी शुक्रबार सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरु चीन भ्रमणमा जान लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा स्रोतले बतायो । भ्रमण टोलीमा माओवादीको जनवर्गीय संगठनका प्रमुख र प्रदेश अध्यक्षहरु सहभागी हुने बताइएको छ ।


यसअघि नेकपा एमालेका नेताहरुको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top