ट्रेण्डिङ

होमपेज / राजनीति

गण्डकीका नवनियुक्त चार जना मन्त्रीले लिए सपथ

नेपालगाथा २०८० बैशाख २९ गते शुक्रबार १६:४६:१० मा प्रकाशित

पाेखरा । गण्डकीका नवनियुक्त ४ जना मन्त्रीले शुक्रबार प्रदेश प्रमुख निवासमा सपथ लिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ खुवाएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएर पूर्णता पाएकाे हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top