ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा जारी

नेपालगाथा २०८० बैशाख २८ गते बिहीबार १५:१७:२९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज दिउँसो साढे २ बजेबाट बैठक जारी छ ।

 बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण, पार्टीको आन्तरिक गतिविधि र प्रदेशहरुमा मन्त्री छनोटका विषयमा छलफ भइरहेको छ । बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बनको प्रस्ताव गरेका थिए ।

पार्टीका भ्रातृ संस्थाको विस्तार, पार्टीका केन्द्रीय विभाग गठन लगायतका विषयमा पनि छलफल भइरहेको छ । यस्तै मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मन्त्री छान्नेबारे पनि बैठकको एजेण्डा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top