होमपेज / राजनीति
काठमाडौं। राप्रपा नेपालकाे सहायक महामन्त्रीमा राजाराम बर्तौला मनोनित भएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको सहायक महामन्त्रीमा बर्तौला लाई मनोनित गरेका हुन्।
परराष्ट्र सेवामा लामो समय काम गरि सेवा निबृत्त भएका बर्तौला अवकाश जीवन पछि राप्रपा नेपालमा आबद्ध भएका थिए । यस अघि उनी पार्टीको अन्तरास्ट्रिय सम्बन्ध बिभागको सदस्य-सचिबको जिम्मेवारीमा थिए ।
सहायक महामन्त्रीमा मनोनित भए पछि अध्यक्ष कमल थापाले उनलाई बधाई सहित सफल कार्यालयको शुभकामना दिएका छन्।