ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेपालगाथा २०८० बैशाख २८ गते बिहीबार ११:०४:३५ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक आज बस्नेभएकाे छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको हाे।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ । गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top