ट्रेण्डिङ

होमपेज / राजनीति

शीर्ष तीन नेताको बैठक सकियो

नेपालगाथा २०८० बैशाख २७ गते बुधबार १६:२५:२१ मा प्रकाशित

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल भएको थियो।

उक्त प्रकरणमा प्रमुख दलका नेताहरू नै पक्राउ पर्न थालेपछि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।

छलफलमा संक्रमणकालीन न्यायका विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ। उनीहरूबीच जारी संसदको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top