ट्रेण्डिङ

होमपेज / राजनीति

बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्नपर्छ- सासंद् यादव

नेपालगाथा २०८० बैशाख २६ गते मंगलबार १५:३१:३२ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । मंगलबार सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन् ।

अध्यक्ष यादवले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने बताए । उनले उत्पादनमूलक उद्योगहरूलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top