ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री, मन्त्री, सांसद र कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न प्रकाश पन्थ माग

नेपालगाथा २०८० बैशाख २६ गते मंगलबार १२:०५:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरुको सम्पती छानबिन गर्न माग गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारविरुद्ध कडा एक्शन शुरु गर्न पनि आग्रह गरे । 

उनले भने, ‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरुको सम्पत्ति छानबिन गरियोस्, भ्रष्टाचारबिरुद्ध कडा एक्शन शुरु गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस् । आर्थिक मन्दीको समयमा तलव बाहेकका सबै कटौति गरियोस् ।’

उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलब बाहेकका सबै सुविधा कटौति गर्न माग गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top