ट्रेण्डिङ

होमपेज / राजनीति

'गरिनेछ' भन्ने शब्दले बजेटकाे दस्तावेज भरिएको छ- सांसद् लामिछाने

नेपालगाथा २०८० बैशाख २५ गते सोमबार १३:३८:२२ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा सांसद् रवि लामिछानेले गरिनेछले मात्रै भरिएको यो दस्तावेजले नै देशको अर्थतन्त्र अहिले असाधारण अवस्थामा रहेको बताएका छन् । बजेट अधिबेशनको दोस्रो दिनको बैठकमा बोल्दै लामिछानेले नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको बताएका हुन् ।

उनले भने, ‘विगतका वर्षमाझैं गरिनेछ भन्ने शब्दले भरिएको तात्विक रुपमा विगतका वर्षहरूभन्दा फरक फरक नरहेको दस्तावेज अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभयो । यो दस्तावेजमा केहि शब्द र वाक्यको हेरफेर गरि प्रस्तुत गरिने नियमित कर्मकाण्डीका रुपमा आएको छ । ’ बजेटमा गर्छौं भन्ने हो भने त्यो गरेरै छाड्नुपर्ने भन्दै आशाका पुलिन्दामात्रै पस्किन नहुने उनको भनाइ छ। ‘यदि गरिएन भने किन भएन त्यो सार्वजनिक हुनुपर्छ ।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top