ट्रेण्डिङ

होमपेज / राजनीति

झापामा बोलाएको केन्द्रीय कमिटी बैठक एमालेले काठमाडौंमै सार्याे

नेपालगाथा २०८० बैशाख २४ गते आइतबार १४:३१:२८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेकाे वैशाख २८ मा झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने भएको छ । यसअघि २८ देखि ३० वैशाखसम्म झापामा तय भएको बैठक एमालेले अन्तिम समयमा काठमाडौंमा नै सारेको हो ।

संसदको बजेट अधिवेशन सुरु भएकाले नेताहरु संसद बैठकमा ब्यस्त हुनुपर्नेलगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । उक्त बैठकमा चुनावको समीक्षा र चुनावपछि सञ्चालित ग्रासरुट अभियानबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top