होमपेज / राजनीति
काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त भएका छन्। नवनियुक्त तीनैजना मन्त्री नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीनैजनालाई मन्त्री नियुक्त गरेका थिए।