ट्रेण्डिङ

होमपेज / राजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिंदै

नेपालगाथा २०८० बैशाख २१ गते बिहीबार ११:०४:३५ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँने भएका छन्। अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए। 

 वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ६‍० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) ७ र नेकपा (एकीकृत समाजवादी) १ गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उनी गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका हुन्। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top