ट्रेण्डिङ

होमपेज / राजनीति

संघीय संसद्को अधिवेशन आइतबार अपराह्न ४ बजेका लागि आह्वान

नेपालगाथा २०८० बैशाख २० गते बुधबार १८:३२:४८ मा प्रकाशित

काठमाडौँ ।  २४ वैशाखका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन् । २४ वैशाख आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।​

 बुधबार महासचिव गौतमले जारी गरेको अत्यन्त जरुरी सूचनामा उल्लेख गरिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१)बमोजिम सम्वत् २०८० साल वैशाख २४ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नु भएकोले उक्त मिति, समय र स्थानमा माननीय सदस्यहरूको उपस्थितिको लागि अनुरोध गर्दछु ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top