ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति पौडेलद्वारा तीन मन्त्री नियुक्त

नेपालगाथा २०८० बैशाख २० गते बुधबार १७:०६:१८ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरेका छन् । संविधानको धारा ७६ को उपधारा ९ बमोजिम राष्ट्रपतिले कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् ।

मन्त्री बनेका तीनै जना कांग्रेसबाट मन्त्री बनेका हुन् । यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूणता पाएको छ । तर, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top