ट्रेण्डिङ

होमपेज / राजनीति

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

नेपालगाथा २०८० बैशाख २० गते बुधबार १६:४९:५८ मा प्रकाशित

काठमाडौं । सत्ता गठबन्धनका दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ । बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक बिषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई पनि सरकारमा ल्याउनेबारे छलफल हुने बताइन्छ । सत्ता गठबन्धन दलका विवादको कारणले प्रधानमन्त्रीले आठ पटक मन्त्रिपरिषद् विस्तार गर्दा समेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top