होमपेज / राजनीति
विराटनगर। नेकपा एमाले संसदीय दलको उपनेतामा राम राना र सचेतकमा सिर्जना राई चयन भएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलको उपनेतामा प्रदेश सभा सदस्य रानालाई चयन गरेको जानकारी दिए ।
राना इलामको प्रदेश सभा क्षेत्र नम्बर २ (२) बाट दोस्राे पटक निर्वाचित भएका हुन् । प्रदेश सभाको पहिलो कार्यकालमा राना तत्कालीन प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत भएका थिए । राना कोशी प्रदेश नामकरणको प्रस्तावमा प्रस्तावक थिए ।
त्यसैगरी दलको सचेतकमा प्रदेश सभा सदस्य राई चयन भएकी हुन् । राई भोजपुरबाट समानुपातिक सभा सदस्य हुन् ।