ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारमा सहभागीताबारे रास्वापाले शुक्रबार निर्णय गर्ने

नेपालगाथा २०८० बैशाख १८ गते सोमबार १४:३९:२६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागीता हुने वा नहुनेबारे शुक्रबार मात्रै निर्णय लिने भएको छ। पार्टीको सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सरकारमा सहभागीताबारे शुक्रबार मात्रै निर्णय लिनेगरी छलफल भएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूले सरकारमा जाँदा हुने फाइदा वा बेफाइदा र प्रतिपक्षमा बस्दा हुने फाइदा र बेफाइदाबारे आ-आफ्नाे धारणा राखेका थिए। उनका अनुसार शुक्रबार बैठक बसेर सरकारमा सहभागीबारे अन्तिम निर्णय लिइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top