ट्रेण्डिङ

होमपेज / राजनीति

२१ गते विश्वासको मत लिदै गण्डकी मुख्यमन्त्री पाण्डे

नेपालगाथा २०८० बैशाख १७ गते आइतबार १७:३८:०४ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएका छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख २१ गते अधिवेशन आह्वान गरेसँगै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन्।

वैशाख १४ गते पाण्डे गण्डकी प्रदेशका पाँचौ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ‘प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेश सभाको अधिवेशन प्रदेश भवन नदीपुरमा वेशाख २१ गते बिहीबार दिउँसो २ बजे आरम्भ हुनेछ,’ प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top