ट्रेण्डिङ

होमपेज / राजनीति

मंगलबार विश्वासको मत लिदै लुम्बिनीका मुख्यमन्त्री चौधरी

नेपालगाथा २०८० बैशाख १७ गते आइतबार १७:०२:१७ मा प्रकाशित

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिने भएका छन् । सभामुख तुलाराम घर्तीले मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आहृवान गरेकासँगै चौधरीले विश्वासको मत लिन लागेका हुन्।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिन सकिने व्यवस्था छ ।

मुख्यमन्त्री चौधरीले प्रदेशसभा सचिवालयमा आइतबार बिहान १० बजे पत्र दर्ता गराएको र मंगलबारका लागि विश्वासको मत लिने तयारी गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए । दाङको निर्वाचन क्षेत्र–३ (१) बाट निर्वाचित चौधरी बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top