ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस नेता डा .भण्डारी साढे दुई महिना उपचारपछि आज नेपाल फर्कंदै

नेपालगाथा २०८० बैशाख १७ गते आइतबार १२:०६:०२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी आज उपचारपछि स्वदेश फर्किने भएका छन्। गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते भएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्कन लागेका हुन्।

गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत थिए। कांग्रेस नेता माधव न्यौपानेका अनुसार डा भण्डारीको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्नेसमेत गर्न थालेका छन् ।

सो आगलागीमा परी सांसद भण्डारीकी आमा हरिकला समेत गम्भीर घाइते भएकी थिइन्। हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते नै निधन भएको थियो । राससबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top