होमपेज / राजनीति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए ।
भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे सामान्य छलफल भएको बताइएको छ । सांसदमा निर्वाचित भएलगत्तै लामिछानेले वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका थिए । सरकारको कायैशैली चित्तबुझ्दो नरहेको बताएका लामिछानेले सरकारसँग वार्ता गर्ने र समर्थनबारे पुनर्विचार गर्ने बताएका थिए ।