ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्राेपटक पाए विश्वासको मत

नेपालगाथा २०८० बैशाख १५ गते शुक्रबार १७:३२:५८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्राेपटक प्रदेशसभामा विश्वासको मत पाएका छन् । प्रदेशसभाको शुक्रबार दिउँसो बसेको चाैधाै बैठकमा मत विभाजन गर्दा मुख्यमन्त्री शर्मालाई प्रदेशसभा बैठकमा उपस्थित ३९ सांसदमध्ये २९ जनाले विश्वासको पक्षमा र १० जनाले विपक्षीमा दिएका छन्।

उनले नेकपा एमाले र राप्रपा बाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन् । उनलाई माओवादीको १३, कांग्रेसको १४, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदको मत प्राप्त भएको हो ।

यसअघि पहिलोपटक शर्माले ६ माघमा विश्वासको मत लिएका थिए । त्योबेला एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए भने कांग्रेसले विपक्षमा भोट हालेको थियो । यद्यपि राप्रपाले समर्थन फिर्ता लिएपनि १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला राप्रपा बाहेकका सबै दलले समर्थन गरेका थिए ।

तर, राष्ट्रिय राजनीतिकको समीकरण अनुसार कांग्रेस–माओवादीको सरकार बन्ने भएपछि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top