ट्रेण्डिङ

होमपेज / राजनीति

रवि लामिछाने र डा .स्वर्णिम वाग्लेले गरे पद तथा गोपनीयताको शपथ ग्रहण

नेपालगाथा २०८० बैशाख १५ गते शुक्रबार १२:१४:५८ मा प्रकाशित

काठमाडौं । गत वैशाख १० काे उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शुक्रबार बिहान सिंहदरबारमा आयोजित समारोहमा उनीहरूलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

सभामुख घिमिरेले शपथ खुवाउनुको साथै सांसदको लोगो वितरण गरेका थिए। लामिछाने चितवन -२ र वाग्ले तनहुँ -१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। यस्तै बारा -२ मा  निर्वाचित ​​​​​​जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव शपथ समारोहमा सहभागी भएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top