होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो तीन बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन ।
गएको पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका हुन् । उनलाई नेपाली कांग्रेसले लगायतले विश्वासको मत दिनेछन् भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रूपमा रहनेछ ।