ट्रेण्डिङ

होमपेज / राजनीति

डिल्लीबहादुर चौधरीलाई लुम्बिनीकाे मुख्यमन्त्री बनाउन दाबी पेश गर्दै

नेपालगाथा २०८० बैशाख १४ गते बिहीबार ११:३४:४७ मा प्रकाशित

दाङ। लुम्बिनी प्रदेशमा गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी प्रस्तुत गर्ने तयारी गरेको छ । दिउँसो सवा १ बजे उक्त दाबी पेस गरिने भएको हो । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आज १ बजे भित्र दाबी पेस गर्न आग्रह गरेका थिए ।

यसअघि कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख शेरचनसमक्ष निवेदन दिएका थिए । आज पनि ५३ जनाको हस्ताक्षरसहित दाबी पेस गर्न लागिएको चौधरीको सचिवालयले जनाएको छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top