ट्रेण्डिङ

होमपेज / राजनीति

संसदीय समिति गठनको विषय कार्यसूचीबाटै हटाइयो

नेपालगाथा २०८० बैशाख १३ गते बुधबार १६:३५:१९ मा प्रकाशित

काठमाडौं । संसदीय समितिमा रहने सदस्यको नाम ठूला तीन दलले समयमा नदिँदा बुधबार प्रतिनिधिसभाको कार्यसूची परिमार्जन गरिएको छ । संघीय संसद सचिवालयले मंगलबार आजको संसद बैठकको सम्भावित कार्यसूची प्रकाशन गर्दै संसदीय सुनुवाई समिति र विशेष समिति गठनको विषय उल्लेख गरेको थियो।

कांग्रेस, एमाले र माओवादी केन्द्रले समितिमा रहने सदस्यको नाम नदिएपछि कार्यसूची परिमार्जन गरिएको हो । बुधबार बसेको परामर्श समितिमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारका अनुसार प्रमुख तीन ठूला दलले सदस्यको नाम नदिएपछि आजको बैठकमा समिति गठन प्रक्रिया अगाडि नबढ्ने भएको छ।

सभामुख देवराज घिमिरेले छिट्टै नाम दिन दलका प्रतिनिधिहरुलाई ताकेता गरेका छन् । उनले भोलि (बिहीबार) बिहानसम्म सदस्यको नाम दिन दलहरुदलाई आग्रह गरेका छन्।

संसदीय सुनुवाई समिति बन्न नसक्दा र संवैधानिक परिषद सम्बन्धी संसोधन विधेयक पारित हुन नसक्दा संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको ढोका खुल्न सकेको छैन । हाल प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र संयुक्त समितिको गठन हुन नसक्दा संसदको बिजनेश प्रभावित हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top